दाङ । बंगालाचुली गाउँपालिकाको गाडी आज बिहान दुर्घटना भएको छ । गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानमा दुर्घटना भएर सडकबाट तल खसेको छ । प्रहरीका अनुसार गाडी गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाशले चलाएका थिए । गाडीमा अरू तीनजना समेत सवार थिए । प्रकाशले चलाएको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी इपिलको रूखमा अड्डिएकाले मानवीय क्षति भएको छैन् । गाडी भने क्षतिग्रस्त बनेको छ । गाडी चलाएका प्रकाश सँग सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षले गाडी छोराले चलाएको भएपनि अर्को ड्राइभरले चलाएको कागजपत्र बनाएर बिमामा सिकायत गर्ने तयारीमा रहेको बुझिएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्