दाङ । लागूऔषध मुद्दाका फरार अभियुक्त पुनः ब्राउनसुगरसहित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेका बिरवल गरङ्जा आज लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार उनलाई प्रहरीले आज भमकेबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनले उक्त ब्राउनसुगर सलाईको बट्टाभित्र लुकाएका थिए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्