दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

Advertisements

देउखुरी बचत तथा ऋण सहकारी संस्थाका ५ करोड बढि रकम हिनामिना गरेको अरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश जारी गरेको बताए ।

३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाँजिर नगराए घरमै म्याद टागिने उनले बताए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । सुवेदी नेपाली काँग्रेस बाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

Advertisements

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्