दाङ । जिल्ला प्रहरी कार्यालय बाट सादा पोशाकमा तुलसीपुरमा खटिएका प्रहरी जवान जमान खड्कालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आदेशमा केही दिनअघि जिप्रका झिकाइयो । उनलाई जिप्रका झिकाउनुको कारण थियोे ट्याक्टर व्यवसायी सँग अबैध रकम असुली गर्नु । एकजना ट्याक्टर व्यवसायीले प्रहरी जवान जमानले आफूहरू सँग पैसा मागेर हैरान गराएको भन्दै डीआईजीले प्रयोग गर्ने सार्वजनिक मोबाइल नम्बर(९८५७०८४४४४)मा फोन गरेर गुनासो गरेका थिए । त्यहीँ गुनासोको आधारमा प्रदेश प्रहरी कार्यालयले जिप्रका दाङलाई जमान लाई जिप्रका तानेर अनुसन्धान गर्न मौखिक निर्देशन दिएको थियोे । तर,जिप्रकाले भने उनलाई अनुसन्धान नै नगरी पुनः तुलसीपुर पठाएको छ । जमान माथि अनुसन्धान गर्न प्रदेश प्रहरीले जिप्रकालाई निर्देशन दिएको दाङमा नयाँ एसपी आइनपुग्दै हो । प्रदेश प्रहरी कार्यालयको निर्देशन नमान्ने व्यक्ति हुन्,जिप्रका दाङका डीएसपी मुकुन्द रिजाल । जमान तुलसीपुर आएको महिनाैँ बितिसक्दा समेत एउटा पनि अबैध काम नियन्त्रण गर्न नसकेको बताइन्छ । प्रहरी स्रोत भन्छ,´जमानको काम भनेको ट्याक्टर व्यवसायी सँग पैसा असुल्ने हो ।` पैसा उठाएर जिल्लाका डीएसपी रिजाललाई खुसी बनाउनु उनको दैनिकी बनेको छ । जमानलाई दाङका तत्कालीन एसपी गणेश चन्दले प्युठान बाट सरूवा भएर दाङ आएको भोलिपल्टै सादा पोशाकमा तुलसीपुर खटाएका थिए । उनलाई एसपीले तुलसीपुर खटाउने बित्तिकै डीएसपी रिजालले तुलसीपुरको भाग मलाई पनि चाहिने भन्दै आफ्नो ट्रयाकमा ल्याएको प्रहरी अधिकारीहरू बताउँछन् ।
एक ट्याक्टर व्यवसायीका अनुसार जमानले पातुखोला,ग्वारखोला र बबई नदिमा अबैध उत्खनन गर्ने सँग मासिक रूपमा प्रति ट्याक्टर पाँच हजार रूपैयाँ असुल्ने गरेका छन् । जमानले हालसम्म अबैध उत्खनन गर्ने एउटा पनि ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको रेकर्ड छैन् । बरू उनले ट्याक्टर व्यवसायीलाई फोन गरेर ´खोलामा ट्याक्टर हाल्ने मन छ कि छैन् ?` भन्दै धम्काउने गरेका छन् । उनलेे पैसा नदिए ट्याक्टर चल्न नदिने भन्दै ट्याक्टर व्यवसायीलाई धम्काएको अडियो प्रदेश अनलाइनसँग सुरक्षित छ ।
तुलसीपुर र आसपासका क्षेत्रका ट्याक्टर व्यवसायी सँग असुली धन्दा चलाएका प्रहरी जवान जमानलाई जिप्रका दाङका डीएसपी रिजालले संरक्षण गर्दै आएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्