दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा डीएसपी श्याम अर्याल आएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए । अर्याल प्रहरी संगठनमा स्वच्छ छविका प्रहरी अफिसरका रूपमा परिचित छन् ।
डीएसपी अर्यालले शुक्रबार तुलसीपुर क्षेत्रका पत्रकारसँग तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिए । पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिए । ´तुलसीपुर शान्तिसुरक्षाका हिसाबले अतिसंमेदनशील छ ।`पत्रकारहरूले भने,´कसैको प्रभाव र दबाबमा नपरेर शान्तिशुरक्षमा खटिनुहोला ।`
डीएसपी अर्यालले आफु तुलसीपुरको शान्तिसुरक्षामा प्रतिबद्ध भएको भन्दै कानुन मिचेर काम गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाए । उनले भने,´अपराधीलाई कार्वाही गर्ने प्रहरीको काम हो । म त्यसै अनुसार काम गर्छु । डीएसपी अर्यालले तुलसीपुरको मुख्य चुनाैती जुवातास,बेश्यावृती,अबैध उत्खनन र लागूऔषध सेवन तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताए ।
मातहतका चाैकीले व्यवसायी बाट पेट्रोल मागेको गुनासो आएको भन्दै आफूले आइन्दा कसैसँग पेट्रोल नमाग्न चाैकी इन्चार्जहरूलाई निर्देशन दिएको समेत डीएसपी अर्यालले बताए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्