दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । लागूपदार्थ गाँजा सेवनले युवायुवती दुर्व्यसनी हुने भएकाले सर्वसाधारणलाई कुलतबाट जोगाउन गाँजा खेती नष्ट गर्ने अभियान थालेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।यसैक्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा करिब ७ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । इप्रका हेकुली,प्रहरी चाैकी गोल्टाकुरी र जसपुरको संयुक्त टोलीले गाैरीलाल भण्डारीले गरेको गाँजा खेती नष्ट गरेको गोल्टाकुरी चाैकीका असई जोरासिंह अधिकारीले जानकारी दिएका छन् । तुलसीपुरको एरिया भित्र भएका सबै गाँजा खेती नष्ट गरिने डीएसपी अर्यालले बताए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्