दाङ । प्रहरीले गाैरीगाउँबाट पाँचजना जुवाडे पक्राउ गरेको छ । तुलसीपुर १० गाैरीगाउँमा केही व्यक्ति जुवा खेलिरहेको सूचना पाएपछि जिप्रका बाट खटिएको प्रहरी टोलीले १ लाख ४७ हजार १ सय २५ रूपैयाँ सहित पाँचजना जुवाडेलाई पक्राउ गरेको हो । दाङ प्रहरीका अनुसार मिनकेतन गिरी, शरूण श्रेष्ठ,खड्गबहादुर वली,विनोद खाती र छवि गिरी पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरी जुवा खेल्न प्रयोग भएका तास समेत बरामद गरेको छ । पक्राउ परेकालाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्