दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले क्षमताभन्दा बढी(ओभर लोड) ढुंगा बोकेका टिप्पर नियन्त्रणमा लिएको छ ।
प्रहरीले रोल्पाबाट दाङका बिभिन्न सिमेन्ट उद्योगमा लैजाने ढुंगा बोकेका २६ वटा टिप्पर नियन्त्रणमा  लिएको हो । ओभर लोडका कारण राप्ती राजमार्ग भत्किएपछी टिप्पर नियन्त्रणमा लिएइको प्रहरीले जनाएको छ । राप्ती राजमार्गको क्षमता १६ मेट्रीकटन मात्रै भएपनी सिमेन्ट उद्योगका टिप्परले २६ मेट्रीकटनभन्दा बढी ढुंगा बोक्ने गरेका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्