गणेश आचार्य
प्रहरीको काम शान्तिसुरक्षा कायम,चोरी निकासी नियन्त्रण गर्ने हो । प्रहरी संगठन आफ्नो कर्तव्य पुरागर्न लागेको पनि छ । तर, केही खलपात्रका कारण सिंगो प्रहरी संगठन बेलाबेलामा बदनाम समेत बन्ने गरेको छ । यस्तै बदनामी कमाएको छ दाङ प्रहरीले पनि । प्रहरीलाई बदनाम गराउने प्रहरी जवान तिलक केसी र मानबहादुर विक इप्रका भालुबाङका घुमुवा हुन् भने नरेन्द्र कालाकाँटेमा कार्यरत प्रहरी जवान । इप्रका भालुबाङले केसी र विकलाई अपराधिक गतिबिधीको सूचना संकलनकालागि सादा पोशाकमा खटाएको थियो । तर,उनीहरु अपराध नियन्त्रणमा होइन अपराधिक कार्यमा लागे । मोटरसाइक्ल चोरको गिरोह पक्राउ परेपछी उनीहरुको अपराधिक धन्दाको पोल खुल्यो । प्रहरी जवानद्धय केसीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सघाएको पत्ता लाग्यो ।
यस्तै,केहीदिन पहिले प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ ग¥यो । अनि आगूऔधष कारोबारमा कालाकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुनको संलग्नता देखियो ।
यसरी प्रहरी संगठनकै शीर झुक्नेगरी गैरकानूनी धन्दामा लागेपछी दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्ले कठोर रुपमा प्रस्तुत भएका छन् । एसपी काफ्लेले मोटरसाइकल चोरीको घटनामा संलग्न केसी,विक र पुनलाई प्रहरी सेवाबाट नीलम्बन मात्रै गरेका छैनन्,उनीहरुलाई पक्राउगरी मुद्दा समेत चलाएका छन् । तीनैजना प्रहरी जवान अहिले जिप्रका दाङको हिरासतमा छन् । एसपी काफ्लेले गैरककानूनी काम गर्ने कसैलाई नछाड्ने प्रतिक्रिया दिएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्