सल्यान । २८ वर्षीया महिलाले आफुमाथी बलात्कार भएको भन्दै दिएको मुद्धा झुठो ठहर भएपछि जिल्ला अदालत सल्यानले मंगलवार महिलालाइ १ हजार जरिवाना र आरोपितलाइ सफाइको फैसला गरेको छ ।  ०७७ बैशाख २७ गते शारदा नगरपालिका–८ सिमखर्क निवासी ३३ वर्षीय यतलाल यरीले बलात्कार गरेको भन्दै ती महिलाले ०७७ बैशाख २८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकोमा ०७७ भदौ ८ गते प्रहरीले आरोपितलाइ गिरफ्तार गरेको थियो ।

कसुर ठहर नभएपछि जिल्ला अदालत सल्यानले महिलाले दिएको जाहेरी झुटो भएको भन्दै कार्वाही स्वरुप महिलालाइ १ हजार जरिवानाको फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्