कैलाली । इलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोईन सहित दुईजनालाई पक्राउ गरेको छ । हिजो बेलुकी टिकापुर नगरपालिका ७ बैदीबाट सोही ठाउँका लोकेन्द्र साउद र धनसिंह सुनारको साथबाट १५ ग्राम ५६० मिलिग्राम खैरो हिरोईन बरामद भएको प्रहरीले जनाएको छ । इप्रका टिकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ । इप्रका टिकापुरले त्यस क्षेत्रमा लागूऔषध विरुद्ध बिशेश अभियान चलाएको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्