काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

Advertisements

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले नेपाल प्रेसलाई बताए ।

‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेका छौं’ प्रवक्ता खतिवडाले भने, ‘केही सर्तसहित खुलाउन भनेका छौं ।’

Advertisements

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने उनको भनाई छ ।

अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनले जनाए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्