नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बजार क्षेत्रभित्र जडान गरिएका अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् ।

एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्छ तर मर्मत गरिएको देखिदैन स्थानीयले प्रसन्न लामिछाने भन्छन् ।

‘नेपालगञ्ज उपमहानगरपालिका भित्र सय भन्दा बढि सौर्यबत्ती जडान भएका छन् तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत भएको छ । यसको जिम्मेवारी कसले लिने’–लामिछाने भन्छन् ।

Advertisements

बत्ति जडान गरिएको छ महिना नबित्तै मिलिक–मिलिक चम्किने र केही ठाउँमा नबल्ने समस्या आएको स्मरण गर्दै जनप्रतिनिधिले यस विषयमा खासैचासो नदेखाएको लामिछानेले गुनासो गरे ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्