दाङ । दाङको घोराहीमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको थियो ।
तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ बर्षिय सुबास विक र सोही ठाउँको सुन्दरनगर टोलमा बस्ने १८ बर्षिय प्रकाश भुसाललाई प्रहरीले नियन्त्रनमा लिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्