दाङ । प्रहरी अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँन लाई अत्याधुनिक पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्