दाङ । सत्तारूढ दल नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका सदस्य हेमप्रकास वली पक्राउ परेका छन् ।
उनलाई उनकै श्रीमतीको उजुरीले पक्राउ गरिएको हो । दाङको तुलसीपुर निवासी पत्रकार वलीले श्रीमतीलाई मरणासन्न हुनेगरी कुटेको अभियोग छ । प्रहरीका अनुसार पत्रकार वलीले कुटेपछी श्रीमतीको शरीरमा ९ वटा टाँका लगाइएको छ । आफू कुटिएपछि उनले श्रीमान् विरुद्ध इप्रका तुलसीपुरमा उजुरी दिएकी थिइन । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । वली तुलसीपुरबाट फरककोण मिडिया प्रालि द्वारा संचालित एसटिएन टेलिभिजनमा कार्यरत छन् । वलीलाई यसअघि आफ्नै साथिकी श्रीमतीलाई सार्वजनिक स्थलमै बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई दाङ जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा समेत पठाएको थियोे ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्