दाङ । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रमको आज दोस्रो दिन दाङमा रक्तदान गरिएको छ ।
युवा परिषद् दाङको समन्वयमा तुलसीपुरको ब्लड बैंकमा रक्तदान गरिएको हो ।
कार्यक्रम नेपाल स्काउट तुलसीपुरका अध्यक्ष छवीकुमार ओलिको अध्यक्षता एवम् जिल्ला युवा समिति (DYC) दाङका अध्यक्ष सुरेश रावतको प्रमुख आतिथ्यतामा भएको हो ।
नेपाल परिवार नियोजन संघका प्रबन्धक वसन्त खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा समाजसेवी केशव सापकोटा, नेपाल स्काउटका लुम्बिनी प्रदेश सदस्य रबिन ओलि, रेडक्रस सोसाइटी दाङका भिमलाल मरासिनी, पत्रकार गणेश आचार्य लागाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला युवा समिति (DYC) दाङका अध्यक्ष सुरेश कुमार रावत, समाजसेवी केशव सापकोटा, पत्रकार गणेश आचार्य, गोबिन्द केसी, मदन बस्नेत, योगेश मल्ल, सुबर्ण ओलि, धर्म ओलि, लोकेन्द्र ओलि, सुन्दर भण्डारी, इश्वर केसी, सागर खड्का, रोशन खत्री, हिमाल ओलि, प्रतीक्षा अधिकारी, खेमराज डाँगि, हुमलाल बस्याल, रुद्र ढकाल,गंगाराम केसी, बिशाल डाँगी, सृष्टि बोहरा, चेत बहादुर केसी,अमित आचार्य हिमलाल चौधरी लगाएतले रक्तदान गर्नुभएको छ । उक्त कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल (GFN) दाङका कार्यक्रम संयाेजक तेजराज ओलिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्