गणेश आचार्य
दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको ´रोमान्स` तस्बिर सार्वजनिक भएको छ ।
उक्त तस्बिर बस्नेतकै फेसवुकबाट सार्वजनिक भएको हो । तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चुम्बन गरेको देखिन्छ । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ ।तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ ।विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि बिधवा बनेकी विमलालाई उत्तरको निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ ´ख` मा तत्कालीन नेकपाले उमेदवार बनाएको थियोे । काँग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियोे । यसअघि बस्नेत सँग विमलाको अनैतिक सम्बन्ध भएको चर्चा हुँदै आएको थियोे । बस्नेतले नै विमलालाई माओवादी बनाएको चर्चा समेत चलेको थियोे ।
बस्नेतले उक्त तस्बिर कसले कसरी आफ्नो फेसवुकमा राख्यो भन्ने बिषयमा अनभिज्ञ भएको प्रतिक्रिया दिए । ´यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो ? मलाई थाहाँ छैन् ।` बस्नेतले भने,´यसबारेमा भेटेर कुरा गराैला ।`
यसबिषयमा सांसद प्रतिक्रिया लिन खोज्दा उनीसँग पटकपटकको सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । बस्नेत विवाहित हुन् ।
बस्नेतको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले भने हटाइएको छ ।

प्रतिक्रिया

  1. यो तस्बिर ले उत्तम ओलिको दुर्घटना बाट मृत्यु हो या मारिएको हो प्रश्न चिन्ह खड़ा भएको छ तुरुन्त छान बिन होस

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्