दाङ । प्रहरीले बहुमुल्य कस्तुरीको बिणा सहित दुईजनालाई पक्राउ गरेको छ । घोराहीको होटेल टु डे प्लाजाबाट कस्तुरीको बिणा सहित घोराही ७ मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । दाङ प्रहरी प्रमुख सुरेस काफ्लेका अनुसार बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ ।
त्यसैगरी प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदिपकुमार विक,विमल औजी र हेमन्त औजीलाई अमिलियाबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्