दाङ । श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ शुन्दर टोलकी देवीकुमारी पुरी(५६)ले श्रीमान् खिमलाल पुरी(७८)को हत्या गरेकी हुन् । आईतवार बिहान २ बजे आपसमा झगडा हुँदा आँसी र दाउराले हानेर उनले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार देवीकुमारीले श्रीमानले मदिरा सेवनगरी आफूलाई यातना दिएकाले प्रतिकार गर्दा श्रीमानको मृत्यु भएको बयान दिएकी छन् । श्रीमानको हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्