दाङ । दाङको एक होटलमा बालिका माथी सामुहिक बलात्कार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया स्थित होटेल द रिभर फिस फेम्ली कटेजमा गत भदौ २७ गते अपराह्न १४ वर्षकी बालिकालाई दुईजना युवकले सामुहिक बलात्कार गरेका हुन् ।
दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेका अनुसार सामुहिक बलात्कारमा संलग्न कैलाली घरभई हाल तुलसीपुर ११ बेल्टाकुरा बस्ने २२ बर्षिय बिष्णु सुनार पक्राउ परेका छन् भने अर्का एकजना फरार छन् ।
दुई युवकले ती बालिकालाई खाजा खाने बहानामा होटेलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्