दाङ । लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुरको नयाँ बसपार्कस्थित फ्युजन हेल्थ कियर मेडिकल बाट ANTITUSSIVE ११२६ ट्याब्लेट,ANTIKOF tablets ५०४ ट्याबलेट, TRAMADOL १६०४ ट्याबलेट , C-TRAB१५६ टयाब्लेट बरामद गरेको इप्रका तुलसीपुरले जनाएको छ ।
ईप्रका तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार मेडिकल संचालक तिलाकुमारी पुन समेत पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले मोबाइल र १ लाख १६ हजार ८ सय ५० रूपैयाँ समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्