बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ।अहिले मोतीपुर तनावग्रस्त छ। प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए। झडपमा ३ प्रहरी पनि घाइते भएका छन्

करिब २ सय बिघा जग्गा सुकुम्वासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो। केही महिना अगाडि मात्रै औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्