दाङ । माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा एक बदनाम सांसदलाई राज्यमन्त्री बनाएको छ ।
माओवादीले विवादित सांसद विमलाकुमारी खत्री वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको हो । परपुरूषलाई चुम्बन गरेको तस्बिर सार्वजनिक सार्वजनिक भएपछि बदनाम छिन् । उनी तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको निधनपछि बिधवा भएकी उनले सिउँदोमा सिंन्दुर लगाएर परपुरूषलाई गालामा चुम्बन गरेको तस्बिर यसअघि भाइरल बनेको थियोे । उक्त तस्बिर उनकै प्रेमी वाइसीएल कार्यकर्ता एकराज बस्नेतले आफ्नै फेसवुकबाट सार्वजनिक गरेका थिए । विमला एकल महिला भएपनि एकराज भने विवाहित हुन । एकराज जेठी श्रीमती सँग डिभोर्स गरेपछि दोस्रो घरजमगरी बसेका छन् । विमलाले किस गरेको तस्बिर सार्वजनिक भएपछि उनी तनावमा छन् । घरमा श्रीमती सँग पारपाचुके नभएकाले विमला सँग उनले बिहे भने गरेका छैनन् । सामाजिक र सांस्कृतिक रूपमा बदनाम विमलालाई राज्यमन्त्री बनाएपछि माओवादीवृतमा बबाल भएको छ । एक माओवादी नेताका अनुसार युद्ध लडेका सांसदलाई बेवास्ता गरेर भर्खरै माओवादी बनेकी विमलालाई राज्यमन्त्री बनाएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । विमला उनका श्रीमान् उत्तर वलीको निधन पश्चात् उनकै निर्वाचन क्षेत्रमा भएको उप निर्वाचनमा विजयी भएकी थिइन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्