दाङ । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेल विभिन्न संस्थाहरुले विजया दशमीको अवसरमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला दाङ आउनु भएको छ ।                                                                  यही असोज २५, २६, २७ र २८ गते पार्टीका विभिन्न जनवर्गीय संगठनहरुले आयोजना गरेको दशैं मिलन तथा समसामयिक राजनीतिक विषयमा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्न उहाँ दाङ आउनु भएको हो । जसअनुसार असोज २५ गते मध्यान्न १२ बजे पार्टी कार्यालय भरतपुरमा नेपाल लोकतान्त्रिक थारु संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहनु भएका नेता पोख्रेलले २६ गते बिहान ८ बजे बेल्झुण्डीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने छ । त्यस पछि मध्यान्न १२ बजे पार्टी कार्यालय भरतपुरमा पेशागत महासंघले आयोजना गरेको शुभकमना आदानप्रदान एंव समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव बुढाथोकीले जानकारी दिनुभएको छ । २६ गते नै दिउँसो ४ बजे नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले घोराहीको होटल सिटी प्लाजामा अन्तर्क्रिया कार्यक्रममा नेता पोख्रेल सहभागी हुने कार्यक्रम रहेको छ । २७ गते बिहान साढे ७ बजे घोराही उपमहानगरपालिका १३ स्थित विपश्यना ध्यान केन्द्रमा आयोजित कार्यक्रममा सहभागी भै दिउँसो बबई गाउँपालिकामा आयोजित सुभकामना र अन्तर्क्रिया कार्यक्रममा नेता पोखरेलले सम्बोधन गर्ने र २८ गते देउखुरीमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङले जनाएको छ । यसैबीच एमाले दाङका अध्यक्ष टीकाराम खड्का र सचिव मनोहर बुढाथोकीले नेता पोखरेल सहभागी हुने कार्यक्रममा उपस्थित हुन पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । उहाँहरूले एक विज्ञप्ती जारी गर्दै नेता पोख्रेलले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले उपस्थित हुन र कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गराउन आग्रह गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्