सल्यान । डिभिजन वन कार्यालय, खलंगा, सल्यान कार्यालय प्रमुख रमेश कुमार गिरीले सरकारी कार्यलयलाई कम्पनी जस्तै गरि सन्चालन गरेको आरोप लागेको छ ।



घटनाको विवरण अनुसार उनको एक छत्र मच्चिएपछि यस्तो खबर सार्वजनिक भएको हो ।
डिभिजन वन कार्यालय खलंगा सल्यानको मातहतमा रहेका रहेका विभिन्न सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय सल्यानको योजना साखामा ९ विकास फाँट० वन अधिकृतहरुको दरवन्दी रहेको तर वन अधिकृतहरुको डिभिजन वन अधिकृत गिरीको अभद्र व्यवहारको कारण भद्रगोल भएको छ ।

६ जना वन अधिकृतहरुको एकैपटक सरुवा भए पश्चात हाल डिभिजन वन कार्यालयमा २ जना वन अधिकृत र ४ जना फरेष्टर ९ फरेष्टर पनी २ जना वि।एस्सी फरेष्टी पास ० रहेकोमा डिभिजन वन कार्यालयको योजना शाखामा पनी ८ क्लास पास कार्यालय सहयोगीलाइ राखी काम धन्दा चलिरहेको आरोप छ ।
र अन्य सव डिभिजनहरुमा पनी धेरै कामहुने खालका सव डिभिजनहरुका पनी कार्यालय प्रमुखको रुपमा वन रक्षकहरुलाई खटाइ काम गरिरहेको अवस्था कायमै रहेको छ ।
यसरी दक्ष र बरिष्ठ कर्मचारीलाई विनाकाम राखी आफुले मनपरी ढंगले कार्यालयम संचालन गरकोकारण कार्यालय सहयोगीहरुलार्इ आफुले जे मन लाग्यो त्यही काम गराउन सकिने भएकाले गिरीले यस्तो धन्दा मच्चाएका हुन् ।
जिल्लाका विभिन्न सामुदायिक वनहरुमा अनियन्त्रीत खोटो संकलनको कारण सल्लाका रुखहरु सुकी रहेको र समुह तथा जनताले अत्याधिक खोटो संकलनको कारण रुखहरु सुके भनी गिरी समक्ष पटक पटक गुनासो गर्दा समेत डिभिजन वन प्रमुखको खोटो कम्पनीहरुसंगको मिलेमतोको कारण केही मतलव नगरेको जनगुनासो बढेको छ ।
यस सन्दर्भमा पहिलो चरणमा डिभिजन वन कार्यालय भन्दा माथिल्लो निकाय कर्णाली प्रदेश वन निर्देशनालय र वन तथा वातावरण मन्त्रालयले विस्तृत रुपमा छानविन नगरेको अवस्थाले यस प्रकारका गलत कार्यहरुले थप प्राथमिकता पाएको सरोकारवालाहरुको आरोप छ ।
यो विषयलाई समयमै व्यवस्था गर्न आवश्यक रहेको सरोकारवालाहरुको एउटै भनाई छ ।

