दाङ । तुलसीपुरबाट प्रहरीले आठ जना जुवाडे पक्राउ गरेको छ । तुलसीपुर ६ गुम्राह चोक नजिकै एक घरमा काैडा खेलिरहेको अवस्थामा तुलसीपुरका प्रतिष्ठित व्यक्तिहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दिपेन्द्र गिरी´दिपु`,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल,दिगम्बर गिरी,मानबहादुर रावत र विनोद बस्नेत  पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ९८ हजार २ सय रूपैयाँ र काैडा बरामद गरिएको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्