दाङ । नेकपा एमालेले दंगिशरण गाउँपालिकामा सचिवको टुंगो लगाएको छ । कार्तिक ६ गते भएको अधिवेशनमा सर्वसम्मत हुनसकेपछि दंगिशरण एमाले सचिव विहिन भएको थियोे । सचिवमा गणेश आचार्य र श्रीप्रसाद चाैधरी आकांक्षी थिए । आज भएको छलफलबाट चाैधरीलाई पालिका सचिव बनाइएको छ । आचार्यलाई अब हुने अधिबेशनबाट जिल्ला सदस्य र दंगिशरण इन्चार्ज बनाउने सहमति भएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्