शंकर डाँगी र टीका घर्ती दाङ । तरूण दल दाङका अध्यक्ष टीका घर्तीले न काँग्रेस दाङका सचिव शंकर डाँगीलाई कुटेका छन् ।
आज अपरान्ह तुलसीपुरको अञ्जु स्विट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई घर्तीले कुटेका हुन् । प्रत्यक्षदर्शी हरि बस्नेतका अनुसार डाँगीले चिया पिइरहेका बेला घर्ती त्यहाँ पुगेका थिए । ´शंकरजीले के छ ´टीका आराम छाै` भन्दै हालखबर सोध्नुभयो`,बस्नेतले भने,´त्यसपछि मलाई चुनावमा हराउने तैँ हो भन्दै कुर्सी उठाउनु भयो अनि झमाझम मुक्का बर्साउनु भयो ।` घर्ती दाङ क्षेत्र नम्बर ३´ख` मा सभापति लडेका थिए । उनी खिमबहादुर वली सँग पराजित भएका थिए । घर्ती गृहमन्त्री बालकृष्ण खाँड निकट हुन् भने सभापतिमा विजयी वली केन्द्रीय सदस्य दिपक गिरी निकट हुन् ।
घर्तीले कुटपिट गरिरहेका बेला पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेस हमालले घर्तीलाई समातेर अन्यत्र लगेका थिए । काँग्रेसका नेताबीच लफडा भएको खबर पाएपछि ईप्रका तुलसीपुरका डीएसपी श्यामु अर्याललको टोली समेत त्यहाँ पुगेको थियोे । ´लफडा भएको खबर पाएपछि म त्यहाँ पुगेको थिँए ।`,डीएसपी अर्यालले भने,´उहाँहरूलेहाम्रो पार्टीको आन्तरिक लफडा हामी आफैं मिलाउछाैँ भन्नुभयो अनि म फर्केर आएँ ।` डाँगी र घर्तीले आफूहरू बीच सामान्य चुनावी लफडा भएको प्रतिक्रिया दिएका छन् । डाँगी निकट एक काँग्रेस कार्यकर्ता अनुसार डाँगीले घर्तीले आफूलाई कुटपिट गरेको पार्टीको केन्द्रीय सदस्य दिपक गिरीलाई रिपोर्टिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्