बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन ।

सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ। पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ। भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो।

‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ’, नेपालगन्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको कहिले छैन।’

Advertisements

जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले बताए । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारत सरकारले लगानी गर्नुपर्ने हो।

इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ। ‘हामीले पहुँच मार्ग निर्माणको काम पूरा गर्‍यौ, बाँकी काम भारत सरकारले गर्नेछ”, उनले भने, ‘आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्