दाङ । याैन व्यवसाय संचालन गरेकोआरोपमा प्रहरीले एकजना होटेल संचालकलाई पक्राउ गरेको छ । तुलसीपुरको नयाँ बसपार्कस्थित जि.के.थाई रेष्टुरेन्टका संचालक धनकुमारी चनारालाई शनिबार पक्राउ गरेको हो । याैन व्यवसाय संचालन गरेको सुचना पाएपछि प्रहरीले उक्त रेष्टुरेन्टमा छापा मारेको थियोे । छापा मार्ने क्रममा रेष्टुरेन्टमा एक जोडी रंगे हात फेला परेका थिए ।
प्रहरीका अनुसार होटेल संचालकलेे रेष्टुरेन्टमा युवती राखेर याैन व्यवसाय गर्दै आएकी थिइन । होटेल संचालक सँगै याैन व्यवसायमा संलग्न एक युवक र एक युवतीलाई नियन्त्रणमा लिइएको र आइतबार म्याद थप गरेर थप अनुसन्धान गरिने ईप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्