झापा । झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ । नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको अनलाइनखबरलाई बताए । ‘अस्ति जे सहमति भएको थियो, त्यो उल्ट्याउने काम भयो’, उनले भने, ‘अरुलाई जिताउन मात्र किन गठबन्धन गर्नु ?’




