जनकपुर । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरका सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपाली कांग्रेस पार्टी परित्याग गरेका हुन् ।
२०७४ को चुनावमा जनकपुरको मेयरमा पराजित साह यसपालि पनि मेयरका आकांक्षी थिए । सत्तारूढ पाँच दलीय गठबन्धनले जनकपुरको मेयर जनता समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले कांग्रेस परित्याग गरेका हुन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्