दाङ । तुलसीपुर उपमहानगरपालिकामा एमालेका उमेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । मेयर,उपमेयर र १ देखि १९ वटै वडाका अध्यक्ष र सदस्यले मतदाताको घरमा गएर आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरिरहेका छन् ।
यसक्रममामा मेयरका उमेदवार टिकाराम खड्का र उपमेयरका उमेदवार स्यानी चाैधरीले आज ५,११,१२ र १९ नम्बर वडाका विभिन्न टोलमा गएर मत मागेका छन् । खड्का र चाैधरीले तुलसीपुर उपमहानगरपालिकाको समृद्ध बनाउन एमालेले मात्रै सक्ने भन्दै आफूहरूलाई जिताउन अपील गरेका छन् । आफूहरू मत माग्न जाँदा मतदाताले गरेको व्यबहार बाट आफूहरू उत्साहित भएको मेयरका उमेदवार खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा आन्तरिक किचलोका कारण सत्ता गठबन्धनले प्रचारप्रसार गर्न सकेको छैन् ।




