दाङ । यसअघिको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा पराजित काँग्रेस नेता यज्ञनारायण आचार्य यसपालि भने वडा सदस्यमा चुनाव लडेका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा आचार्य नेपाली काँग्रेसको तर्फबाट दंगिशरण गाउँपालिकाको अध्यक्षमा लडेका थिए । उनी एमालेका भागिराम चाैधरी सँग पराजित भएका थिए । यसपटक उनी वडा नम्बर ५ को खुला सदस्यमा नेपाली काँग्रेसबाटै चुनाव लडेका छन् । अध्यक्षमा पराजित भएका  आचार्य वडा सदस्यमा चुनाव लडेपछी स्थानीय स्तरमा उनको चर्को आलोचना भएको छ ।
आचार्यले जिल्ला समन्वय समितिको प्रमुख हुनका लागि आफू वडा सदस्यमा चुनाव लडेको प्रतिक्रिया दिएका छन् । ´अध्यक्ष लडेको मान्छे सदस्य बन्ने कुरा होइन ।`उनले भने जिल्ला समन्वय समितिको सदस्य बन्न वडा सदस्यमा चुनाव लडेको हुँ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्