दाङ । तुलसीपुर उपमहानगरपालिकामा एमालेको पक्षमा जनलहर बढेको छ । एमाले नेतृत्वको स्थानीय सरकारले गरेको जनपक्षीय कामका कारण यहाँको जनहलर एमालेतिर देखिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले नेता घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य निर्वाचित भएर जिम्मेवारी सम्हालेपछी नमुना योग्य काम भएका थिए । उनीहरूको पालामा तुलसीपुर उपमहानगरपालिका प्राबिधिक शिक्षाको हब बनेको छ । वडा १२ को हरिपाैरीमा तुलसीपुर मेट्रो कलेज संचालन गरेर आइटी,फेरेस्टी,एग्रिकल्चर, मेकानिकल इन्जिनियरिङ,इलेक्टि्रकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ,फुड एण्ड डेरी टेक्नोलोजी,बिएएलएलबी पढाइ भइरहेको छ । उपमहानगरले यो कलेज संचालन गरेपछि प्राबिधिक शिक्षा पढ्न बाहिर जिल्ला जानुपर्ने बाध्यता टरेको छ । त्यहाँ कलेजमा तुलसीपुर उपमहानगरपालिकाका सरकारी विद्यालयबाट एसइई पास गरेका छात्रालाई नि:शुल्क पढाइन्छ ।
शिक्षामा मात्रै होइन,एमाले नेतृत्वको स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा समेत फड्को मारेको छ । तुलसीपुर उपमहानगरपालिकामा मातृ शिशु दर शून्यमा झरेको छ । मोतिबिन्दु भएका नागरिकको नि:शुल्क उपचार गरिरहेको छ ।
एमाले नेतृत्वको स्थानीय सरकारले यसक्षेत्रमा गरेका यीनै र यस्तै नमुना योग्य कामका कारण यसपटकको स्थानीय तहको निर्वाचनमा पनि एमालेकै पक्षमा जनलहर बढेको हो । समृद्ध तुलसीपुरकालागि एमालेकै नेतृत्व हुनुपर्ने तुलसीपुर उपमहानगरवासीको चाहाना छ । १४ नम्बर वडाका बिरबहादुर बस्नेतले तुलसीपुरको विकासका लागि आफूहरूले एमालेलाई जिताउने बताए । उनले भने,´एमालेका उमेदवार अरू पार्टीका भन्दा अब्बल छन् । त्यसकारण तुलसीपुरको समृद्धिका लागि एमालेलाई जिताउँछाैँ ।`
महिलाका पक्षमा एमाले मात्रै काम गरेको वडा नम्बर १२ की तुलसा खड्काको भनाई छ । ´सुत्केरी महिलाको पक्षमा एमालेले यसअघि धेरै राम्रा काम गरेको छ।` खड्काले भनिन्,´त्यसकारण यसपटक पनि एमालेलाई जिताउनुपर्छ ।`
एमालेले यसपटक सनदगी नेता टिकाराम खड्कालाई मेयरको उमेदवार बनाएको छ । खड्का सुकुम्बासी समेत हुन् । उनी र उनको परिवारको नाममा एक धुर समेत जग्गाजमिन छैन् । उपमेयरमा एमालेले स्यानी चाैधरीलाई बनाएको छ । सामान्य परिवारकी स्यानी आफ्नै मेहनतले अमेरिका,जापान,डेनमार्क लगाएतका देशमा गएर पढेकी हुन् । उनले आफूले बच्चा नजन्माएर २२ जना अनाथ बालबालिकालाई आफ्नै खर्चमा पढाउँदै आएकी छन् । एमालेले बिगतमा राम्रा काम गरेकाले र यसपटक पनि सक्षम,योग्य उमेदवार बनाएकाले जित सुनिश्चित भएको केन्द्रीय सदस्य घनश्याम पाण्डेको भनाइ छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्