दाङ । दुईजना जिल्ला सचिवालय सदस्य सहित १५५ जना जना माओवादी केन्द्रका १ सय ५५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य पुर्णबहादुर खड्का,बाबुराम विक,तुलसीपुर उपमहानगरपालिकाका सचिवालय काशीराम खड्का आज एमाले प्रवेश गरेको एमाले दाङका संगठन बिभाग सदस्य श्याम डाँगीले जानकारी दिएका छन् । डाँगीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को माओवादी केन्द्रको वडा कमिटी पनि आज एमालेमा समाहित भएको छ ।वडा कमिटी अध्यक्ष बेदबहादुर विक,सचिव दिलबहादुर खड्का सहित ३५ सदस्य वडा कमिटी एमालेमा समाहित भएको हो । माओवादीका १५५ जना पार्टी सदस्य समेत एमालेमा प्रवेश गरेका छन् । अब तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा माओवादीका पार्टी सदस्य संख्या शुन्य भएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्