दाङ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयरका उमेदवार टिकाराम खड्काले आफूले जिते महिलाको पाठेघर र स्तन क्यान्सरको नि:शुल्क चेकजाँचको व्यवस्था गर्ने बताएका छन् ।
वडा नम्बर १४ ले ड्वाङपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ´एमालेलाई चुनाव जिताउनुस् हामीले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउँछाैँ ।` खड्काले भने-´हामीलाई चुनाव जिताउनु भयो भने महिलाको पाठेघर र स्तन क्यान्सरको नि:शुल्क चेकजाँच गर्ने व्यवस्था मिलाउँछाै ।` एमालेले मात्रै तुलसीपुरको मुहार फेर्न सक्ने भन्दै उनले तुलसीपुर उपमहानगरपालिका भित्र विद्युतका तार अन्डरग्राउन्ड गरेर कुरूप तुलसीपुरलाई स्मार्ट बनाउने बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उमपेयरकी उमेदवार स्यानी चाैधरीले आफूले चुनाव जिते न्याय र सुशासनमा तुलसीपुर उपमहानगरलाई देशमै नमुना बनाउने बताइन् । उनले सरकारी विद्यालयको गुणस्तर बढाउने समेत प्रतिबद्धता समेत जनाएकी छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्