गणेश आचार्य
तुलसीपुर । नोखिदेवी गौतमको अग्लो कद,गोरो वर्ण,मुजा परेको अनुहार छ । अनि हातमा सुर्य अंकित झन्डा । नोखिदेवी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बनहरीकी हुन् । उमेर ७१ बर्ष भइसक्यो । उनी यो उमेरमा घरमै आराम गरेर बस्नुपर्ने हो । तर,उनी आजभोली अराम गर्न छाडेर एमालेकालागि भोट माग्न व्यस्त छिन् । उनको खटनपटन र जोस जाँगर १६ बर्षिया युवतीको भन्दा कम छैन् । एक हप्ता अघीदेखी उनी एमालेको चुनावी प्रचारमा व्यस्त छिन् । लक्काजवान सँगसँगै उनी पनि एमालेको भोट माग्न वडा नम्वर ४ का मतदाताको घरघरमा पुगिरहेकी छन् ।
एमालले चुनाव जिते वृद्ध भत्ता बढाइदिने भएकाले एमालेलाई जिताउन भोट माग्दै हिडेको उनको भनाई छ । ‘एमालेले दिएको भत्ताले दुध दही खान पुग्या छ ।’उनले भनीन्–‘केपीको सरकार ढालेर काँगेस र माओवादीले हाम्रो भत्ता ५ हजार पु¥याउन दिएनन् ।’ एमालेलाई जिताएपछी वृद्ध भत्ता ५ हजार पुग्ने उनको भनाई छ । उनले मतदाताको घरमा गएर आफू जस्तै वृद्धवृद्धालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न अभिप्रेरित गरिरहेकी छन् । वडामा बालकृष्ण रानाको टिम अनि मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई मत माग्न उनी व्यस्त छिन् । उनी भन्छीन्–‘चुनाव एमालेलाई जिताउने हो, हामीलाई वृद्ध भत्ता दिने पार्टीलाई जिताए पो भत्ता बढ्ला वावु ।’




