दाङ । माओवादीका वडा अध्यक्षका उमेदवारले मत माग्ने क्रममा पैसा दिन थालेका छन् ।
लमही नगरपालिका वडा नम्बर १ का माओवादीका उमेदवार घनश्याम खनालले घरदैलोका क्रममा वृद्धालाई पैसा दिएको तस्बिर नै बाहिरिएको छ । तस्बिरमा उनले १ नम्बर वडाको सुनडबरीका महिलालाई पैसा दिएको प्रष्ट देखिन्छ । उनले ५ सय देखि एक हजार रूपैयाँ मतदातालाई दिएको एक स्थानीयले बताए । यो वडामा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् । यहाँ माओवादी सांगठनिक हिसाबले स्थानमा तेस्रो छ । खनालले भने भने आफूले पैसा नदिएको दावी गरेका छन् । ´मैले भोट मागेको छु,पैसा दिएको छैन् ।` खनालले नेपाल  भने-´पैसा दिएको भनिएको फोटो फेक हो ।`माओवादीले मतदातालाई पैसा बाँड्न थालेपछि अन्य राजनीतिक दलले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्