दाङ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरकी उमपेयरकी उम्मेदवार स्यानी चाैधरीले एमाले चुनाव जिते शिक्षा र स्वास्थ नि:शुल्क बनाउने प्रतिबद्धता जनाएकी छन् ।
वडा नम्बर ३ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै चाैधरीले एमालेले उपमहानगरमा चुनाव जितेमा यहाँका सरकारी अस्पताल र विद्यालयको गुणस्तर बढाउने र सेवा शुल्क नलिने बताईन् ।
उनले पैसा अभावका कारण तुलसीपुर उपमहानगरपालिका भित्रका कोही पनि नागरिक उपचार नपाउने र पढ्न नपाउने अवस्थाको अन्त्य गर्ने बताइन् । उनले शिक्षा र स्वास्थ्यमा तुलसीपुरवासीको सहज पहुँच पुर्‍याउने समेत प्रतिबद्धता जनाइन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्