दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले काँग्रेसलाई मतदान नगर्न माओवादी कार्यकर्तालाई अपिल गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ३ मा भएको चुनावी सभामा उपाध्यक्ष ज्ञवालीले काँग्रेस र माओवादीका नेतृत्वमा रहेका केही नेताको स्वार्थका कारण अपवित्र गठबन्धन गरेको भन्दै अराजनीतिक गठबन्धनका पक्षमा नलाग्न माओवादी कार्यकर्तालाई आग्रह गरे ।
´काँग्रेस र माओवादीको राजनीतिक कार्यदिशा नै फरक हो ।`ज्ञवालीले भने-´राजनीतिक उद्देश्य नै नमिल्ने गठबन्धनले मुलुकलाई अनिर्णयको बन्दी बनाउँछ ।` प्रचण्डले छोरी जिताउन र प्रकाशमान सिङले श्रीमती जिताउन काँग्रेस/माओवादीबीच अराजनीतिक गठबन्धन भएको भन्दै उपाध्यक्ष ज्ञवालीले रूखमा भोट नहाल्न माओवादी कार्यकर्तालाई अपिल गरे । ´प्रचण्डले छोरी जिताउन माओवादी काँग्रेससँग गठबन्धन गर्नुभयो ।` उनले भने-´छोरी जिताउन गरिएको गठबन्धन जोगाउन माओवादी कार्यकर्ताले काँग्रेसलाई भोट नहाल्नुस् ।`

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्