चितवन । चितवनमा आफ्ना कार्यकर्ता हत्याको हत्या भएको छ । आइतबार साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका अनिल परियारको हत्या गरेको हो। कांग्रेसका स्थानीय नेताका अनुसार उनी कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए।
निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता–कार्यकर्ता बिहानैबाट विरोधमा उत्रिएका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरी अधिकारीका अनुसार आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो। घटनामा संलग्न समूह पहिचान हुन सकेको छैन।
स्थानीय कृष्णपुरको फुटबल मैदाननजिकै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसपछि पोस्टमार्टमका लागि शव भरतपुर अस्पताल लगिएको हो।




