दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का एमालेका वडा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगन्जमा गएराति उपचारका क्रममा उनको मृत्यु भएको एमालेका तुलसीपुर उपमहानगर अध्यक्ष माधव वलीले जानकारी दिए । वलीका अनुसार ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए । चाैधरी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उक्त वडामा वडा अध्यक्ष सहित ३ जना सदस्य नेपाली काँग्रेसले जित्दा पनि एमाले बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनको शव दाङ ल्याउने तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्