गेहेन्द्र दाई । काँग्रेसको जय नेपाल भनौंं की माओवादीको लाल सलाम ! चुनावी प्रचारले थाकेर सुत्नुभएको होला । की कतै पैसा बाँड्न जानुभएको छ ? यदि घरमै हुनुहुन्छ भने ध्यान दिएर पढ्नुहोला । मलाई लाग्थ्यो तपाईको उमेर ५५÷५६ बर्ष जस्तो । तर म भ्रममा रहेछु । तपाईले सार्वजनिक कार्यक्रममा बोलेको र तपाईको नागरीकताको जन्ममिति हेर्दा तपाईको उमेर सत्ता चलाउने होईन भत्ता खाने भैसकेको रहेछ । तपाई ७० बर्ष पुगिसक्दा देशको बागडोर सम्हाल्न जानुपथ्र्यो । तर तपाई स्थानिय तहको मालिक बन्न चाहिरहनुभएको छ । तपाईको यो इच्छा म जस्ता कयौं युवाको लागी अपसोचको विषय हो । ७० कटेको तपाई उपमहानगरको वागडोर सम्हाल्न तल्लीन हुनहुन्छ भने ४० नपुगेको म बवुरो के टोल सम्हाल्न जाऔं ? सत्य तितो हुन्छ गेहेन्द्र दाई । तपाई अझै उपमहानगरमा घुम्चने हो भने हाम्रो पालो कहिले आउने ? २०५६ मा सांसद बन्नुभयो । सम्झिन लायक कुनै काम गर्नुभएन । तलव भत्ता पचाउने मात्रै काम भयो । २०७४ मा घटुवा भई मेयरमा चुनाव लड्नुभयो । अनि लजास्पद हार ब्यहोर्नु भयो । लाजले पनि लाज मान्नेगरी फेरी हारेकै पदमा चुनाव लड्नु भएको छ । के तपाईलाई लाग्छ ? मेयरमा चुनाव जित्छु भन्ने ? एउटा स्वतन्त्र नागरीकको हैसियतले भन्ने हो भने तपाईले चुनाव जित्ने आधार केहि पनि छैन । तपाईले चुनाव जित्नु र पुर्वमा सुर्य अस्ताउनु उस्तै उस्तै हो । के यो सम्भव छ र गेहेन्द्र दाई ? यो पढिरहदा खुबै रिस उठेको होला । माफ गर्नुहोला तपाई जे पढ्दै हुनुहुन्छ । सत्य पढ्दै हुनुहुन्छ ।
अँ एमालेले त कार्यकारी पदमा जान ७० बर्ष पुगेकालाई बन्देज गरेको छ । तपाईको पार्टी पनि खै कस्तो ? बृद्ध भत्ता खाने उमेरकालाई सत्ता चलाउन पठाउँछ । त्यो पनि स्थानिय तहको । आदरणीय गेहेन्द्र दाई तपाई त झन घिनलाग्दो मान्छे ! भत्ता खाने उमेरमा सत्ताको लालच गर्ने मान्छे । राज्यले भत्ता दिने भनेको केही गर्न नसक्ने नागरीकलाई हो । तपाईको उमेरले पनि त्यही बताउँछ । तर, तपाई भने सुरेस हमाल र विमल रिजाल जस्ता युवा हस्तीको राजनीतिक भविष्य खरानी पारेर २५ बर्षिय उमेरमा फर्किने दुश्साहस गरिरहनु भएको छ । प्रिय गेहेन्द्र दाई तपाईको यो राजनीतिक यात्रालाई सुरेस र विमल दाईको असल राजनीतिक चेतले जरुर सराप्ने छ । गेहेन्द्र दाई तपाईलाई मेरो सुझाव ! ७० बर्ष काटेको तपाई सत्ता चलाउन होईन बृद्ध भत्ता खान तुलसीपुर उपमहानगरको कार्यालयमा जानुस् । अहिलेलाई यत्ति । फेरी पनि काँग्रेसको जय नेपाल !! माओवादीको लाल सलाम !!! – रमेश वली,तुलसीपुर ५ दाङ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्