दाङ । निर्वाचन अधिकृतको कार्यालय दाङले नियमित विपरीत मतदान अधिकृत तोकेको छ ।
सम्बन्धित वडाको मतदाता भएका कर्मचारीलाई सोही ठाउँको मतदान केन्द्रमा खटाउन प्रतिबन्ध छ । निर्वाचन कार्यलय दाङले भने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ पशुपति मावि हरिपाैरी मतदान केन्द्रमा सोही वडाका मतदाता तुलसीराम वलीलाई सहायक कर्मचारीको रूपमा खटाएको छ । वली कृषि विकास बैंक तुलसीपुरका ऋण अधिकृत हुन् । उनी नेपाली काँग्रेस सम्बद्घ बैंक कर्मचारीको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ दाङका अध्यक्ष समेत हुन् ।
मुख्य निर्वाचन अधिकृत तथा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सम्बन्धित वडाको मतदातालाई सोही मतदान केन्द्रमा खटाउन नमिल्ने प्रक्रिया दिए । ´सम्बन्धित वडावासी कर्मचारीलाई सोही मतदान केन्द्रमा खटाउन मिल्दैन ।` थापाले भने-´त्यसो भएको हो होइन म बुझ्छु ।` उक्त वडामा यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेको प्यानल विजयी भएको थियोे । यसपटक गठबन्धनलाई सहयोग पुर्‍याउने उद्देश्यले काँग्रेस सम्बन्ध कर्मचारीलाई नियम विपरीत खटाएको भन्दै एमालेले बिरोध जनाएको छ । एमाले दाङका सचिव मनोहर बुढाथोकीले नियमविपरीत खटाइएका कर्मचारीलाई तत्काल हटाउन माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्