दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चाैधरीले जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी छन् । आज पदभार ग्रहण गर्दै उनले ७० बर्ष पुगेका जेष्ठ नागरिक,२ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी हुन् ।




