तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले राप्ती प्रादेशिक अस्पतालको छड्के निरीक्षण गर्नुभएको छ । प्रादेशिक अस्पताल रेफर सेन्टर भएको जनगुनासो बढेपछि मेयर खड्काले आज दिउँसो छड्के निरीक्षण गर्नुभएको हो । मेयर खड्का निरीक्षणमा जाँदा इमर्जेन्सी वार्डमा डाक्टर भेटिएका थिएनन् । इमर्जेन्सी वार्डमा अन्य स्वास्थ्यकर्मी मात्रै थिए ।
करिब २० मिनेटपछी आएका थिए । निरीक्षणका क्रममा मेयर खड्काले सर्वसाधारणको स्वास्थ्यमा खेलवाड नगरी सचेतताका साथ उपचार गर्न निर्देशन दिनुभयो । डियुटीमा लापरबाही नगरी आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभयो । जनताको उपचारमा लापरबाही गरे कानुनी कार्वाहीको पहल गर्ने मेयर खड्काले बताउनुभयो ।





धेरै लापरबाही छ राप्ती प्रादेशिक अस्पतालमा सानो समस्याको लागि पनि रिफर गर्छन नेपालगन्जको लागि आखिर डाक्टरले गर्ने काम एउतै त होला नि जहाँ पनि।