दाङ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले एउटा मात्रै वडा जितेको दाङ जिल्लालाई दुईवटा मन्त्री उपहार दिएको छ ।
समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउँदै दाङका मेटमणी चाैधरी र हिराचन्द्र केसीको नाम मन्त्रीमा सिफारिस गरेको हो । चाैधरीलाई शहरी विकास र केसीलाई स्वास्थ राज्यमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिस गरेको हो । दाङमा समाजवादीले १०० वटा वडा मध्ये राप्ती गाउँपालिकाको वडा नम्बर ६ मा वडा अध्यक्ष र एउटा सदस्य मात्रै जितेको छ ।
मेटमणीको गढवा गाउँपालिका र हिराचन्द्रको तुलसीपुर उपमहानगरपालिकामा समाजवादी पार्टीले एउटा सदस्य समेत जित्न सकेको थिएन । मेटमणीले आफ्नो गाउँपालिकामा आफ्नै दिदि शान्तिलाई उपाध्यक्षमा चुनाव लडाए पनि उनी पराजित भएकी थिइन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्