दाङ । राष्ट्रिय युवा संघ र अनेरास्ववियु दाङले मोटर साइकल डोर्याएर पेट्रोलियम पदार्थको मुल्यवृद्वीको बिरोध गरेका छन् ।



उनीहरूले आज तुलसीपुर बजारमा मोटर साइकल डोर्याएर पेट्रोलियम पदार्थको मुल्यवृद्वीको बिरोध गरेका हुन् । उनीहरूले मदनआश्रित चोकमा बिरोध सभा समेत गरे । बिरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य बिरवल खड्काले सरकारलेपेट्रोलियम पदार्थको मुल्यवृद्वी गरेर जनतामा महंगीको भार थपेको बताए । राष्ट्रिय युवा संघ दाङका अध्यक्ष देवु बस्नेतले पेट्रोलयमपदार्थको मुल्य बढाएर जनबिरोधी काम गरेको भन्दै तत्काल मुल्यवृद्वी फिर्ता लिन आग्रह गर्नुभयो ।

